Headlineखेलकुदसमाचार

एसियन गेम्स महिला छनोट : नेपाल सेमिफाइनलमा

काठमाडाैं १४ जेठ २०८३ मलेसियाको वायोमास ओभलमा बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। यससँगै समूह ‘बी’को विजेता बनेर नेपाली राष्ट्रिय महिला क्रिकेट टोली सेमिफाइनलमा प्रवेश गरेको हो।

इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपालले तीन बल अगावै ६ विकेट गुमाएर पूरा गर्‍यो। यसअघि चीनले एक खेलमा जित र एक खेलमा हार व्यहोरेर दुई अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ।

समूह ‘ए’तर्फ थाइल्यान्ड चार अंकसहित शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुगेको छ भने मलेसिया एक जित र एक हारसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button