Headlineखेलकुदसमाचार

काभा महिला भलिबल च्याम्पियनसिप : नेपाल–इरान सेमिफाइनल आज

काठमाडाैं जेठ १४ – काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत आज बिहीबार नेपाल र इरानबीच पहिलो सेमिफाइनल खेल हुँदैछ। खेल साँझ ५ बजे दशरथ रंगशालास्थित कभर्ड हलमा सुरु हुनेछ।

नेपालले समूह चरणमा भारतसँग ३–२ ले हार बेहोरेको थियो। तर दोस्रो खेलमा किर्गिस्तानलाई र अन्तिम खेलमा माल्दिभ्सलाई समान ३–० सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

यसअघि दिउँसो साढे २ बजे हुने पहिलो सेमिफाइनलमा भारत र कजाकिस्तान आमनेसामने हुनेछन्।

नेपाली टिम कप्तान निरुता ठगुन्ना सहित उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ टोलीमा रहेका छन्।

👉 आजको खेल नेपालका लागि ऐतिहासिक अवसर मानिएको छ, जहाँ घरेलु दर्शकको उत्साहले टिमलाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button