Headlineअन्तराष्ट्रियसमाचार

इरान–अमेरिका तनाव यथावत्

अमेरिकी सेनाले युद्धविराम उलंघन गरेकाे इरानकाे आरोप

काठमाडाैं १३ जेठ २०८३ – २७ मे २०२६ – इरानले दक्षिणी क्षेत्रमा अमेरिकी सेनाले गरेको आक्रमणलाई युद्धविरामको “घोर उल्लंघन” भनेको छ।

इरानको विदेश मन्त्रालयले अप्रिल ९ मा युद्धविराम घोषणा भएदेखि अमेरिकी सेनाले बारम्बार उल्लंघन गरेको आरोप लगाएको छ। इरानले कुनै पनि दुष्टतालाई त्यसै छाड्ने छैन भन्ने चेतावनी दिएको छ।

इस्लामिक रिभोलुसनरी गार्ड्स (IRGC) ले पनि अमेरिकी सेनाले गरेका उल्लंघनको बदला लिने अधिकारलाई वैधानिक र निर्णायक मानिने बताएको छ।

इरानी सञ्चारमाध्यमले बन्दर अब्बास र सहर विमानस्थल वरपर विस्फोट भएको उल्लेख गरेको छ। अमेरिकी सेनाले पनि दक्षिणी इरानमा नयाँ आक्रमण गरेको स्वीकार गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button