Headlineघटना दुर्घटना

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार

काठमाडाैं वेशाख २९ – पर्वतको मोदी गाउँपालिकाबाट अर्घाखाँचीको सुपादेउराली दर्शनका लागि गएकाे बस पाणिनी गाउँपालिका–८, कोल्डाँडास्थित भित्रि सडकखण्डमा दुर्घटनामा परेर चारजनाकाे मृत्यु भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए अनुसार रिर्जवमा आएको ध १ ख ५०४ नम्बरको बस मंगलबार दिउँसो सुपादेउरालीबाट पर्वततर्फ फर्किने क्रममा दुर्घटना भएकाे हाे ।

दुर्घटनाग्रस्त बस सडकबाट करिब १२० मिटर तल खसेको छ । घाइते सबैको उद्धार गरी पाल्पाको तानसेनस्थित मिसन अस्पताल र अर्घाखाँची जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button