
काठमाडाैं वैशाख ७ गते – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा गृहमन्त्री सुदन गुरुङको राजनीतिक गतिविधिमा व्यापारी र अभियुक्तसँग साँठगाँठ भएकाे अनेकाैं प्रसंगले सञ्चार र सञ्जाल तात्तिएकाे छ ।
गृहमन्त्री गुरुङ सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त दीपक भट्ट र व्यापारिक घराना शंकर ग्रुपसँग व्यवसायिक साझेदारी रहेको खुलासापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र अन्याेलता छाएकाे छ । उनीमाथि अनेकाैं प्रश्नको घेरामा छन्।
पार्टीभित्र उच्च नेताहरूबीच कारवाहीको विषयमा छलफल चलिरहेका बेला गुरुङ पार्टी कार्यालय र सभापतिकाे निवासतिर दौडधुप बढ्न थालेकाे चर्चाले व्यापकता पाएकाे हो।
जेन जीकाे अर्काे समूह र विद्यार्थी संगठनहरूबाट राजीनामाको दबाब बढेपछि मन्त्री गुरुङ आइतबार राति ८ बजे बुढानीलकण्ठस्थित पार्टी सभापति रवि लामिछानेको निवास पुगेका थिए। राति १० बजे उनी लामिछानेसँग भेटवार्तामा सहभागी भएका थिए।
आज बिहान पनि गुरुङ पुनः बुढानीलकण्ठ पुगेका छन्। उनलाई कारबाही गर्ने वा नगर्ने विषयमा आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिने बताइएको छ।