Headlineबिशेषसमाचार

माेबाइल चलाइरहँदा चट्याङ लागेर एककाे मृत्यु

गाेरखा वैशाख ७ – वैशाख ६ गते आइतबार साँझ गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।

चट्याङ लागेर घाइते भएका सहिद लखन गाउँपालिका-५, तोरेनस्थित पोखरीडाँडाका २६ वर्षीया विनोद थापाको उपचारका क्रममा गएराति मृत्यु भएको स्थानीय प्रहरी स्राेतले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार घरभित्र मोबाइल चलाएर बसिरहेका बेला एक्कासि चट्याङ परेर थापा गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button