Headlineसमाचार

अमेरिकाको लुइसियाना राज्यको गाेलीकाण्डमा ८ बालबालिकाकाे मृत्यु

सीएनएन न्यूज एजेन्सी – अमेरिकाको लुइसियाना राज्यको श्रेभपोर्ट सहरमा आइतबार बिहान भएको सामूहिक गोलीकाण्डमा आठ बालबालिकाको ज्यान गएको छ।

गोली हानी हत्या गरिएका मध्ये सातजना आरोपित शमार एल्किन्सका आफ्नै छोराछोरी र अन्य एकजना रहेकाे अन्तर्राष्ट्रिय समाचार एजेन्सीले बताएकाे छ ।

यो घटना अमेरिकामा यस वर्षको सबैभन्दा ठूलो सामूहिक गोलीकाण्डमध्ये एक मानिएको छ। स्थानीय समयानुसार बिहान ६ बजे भएको घटनामा असल्ट–स्टाइल हतियार प्रयोग गरिएको थियो।

मृतक बालबालिकामा तीन बालक र पाँच बालिका रहेका छन्। घटनामा १३ वर्षीय एक बालक घाइते भएका छन् भने दुई महिलाको अवस्था गम्भीर रहेकाे बताइएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button