
२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै,
२० लाखलाई जुकाको औषधि अलबेन्डाजोल वितरण,
५२ हजार स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन,

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम आज बिहान सुरू भएर भाेलिसम्म चालु जारी रहनेछ ।
मन्त्रालयले देशभर आज र भोलि करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र करिब २० लाखलाई जुकाको औषधि अलबेन्डाजोल खुवाउने कार्यक्रम तीव्रताका साथ अगाडि बढाएकाे छ ।

भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्थानीय तहमा खोप केन्द्र स्थापना गरिएको छ भने यस कार्यक्रमका लागि करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन्।
भिटामिन ‘ए’ले आँखाको ज्याति, रोग प्रतिरोधात्मक क्षमता र बालबालिकाको वृद्धि विकासमा योगदान पुर्याउँछ भने जुकाको औषधिले पेटका किरा हटाएर कुपोषण, रगतको कमी, पेट दुख्ने, झाडापखालाजस्ता समस्या रोकथाममा सहयोग पुर्याउँछ।
कार्यक्रमको इतिहास हेर्दा २०५० मा सुरु भएकाे र २०५९ देखि देशव्यापी लागू गरिएकाे हाे । त्यस्तै जुका नियन्त्रणका लागि २०५६ मा सुरु गरी २०६७ देखि देशभर लागू भएकाे स्वास्थ्य मन्त्रालय स्राेतले जनाएकाे छ ।