लेबनान–इजरायल द्वन्द्वः १० दिनको युद्धविराम सम्झौता लागू


एजेन्सी (रासस) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनान–इजरायल द्वन्द्व स्थगनकाे घोषणा गरेको १० दिनको युद्धविराम सम्झौता लागू भएको जनाइएको छ।
अमेरिकी घोषणा अनुसार १० दिनको युद्धविराम सुरु भएको छ। दीर्घकालीन सम्झौतामा पुग्ने उद्देश्यले अस्थायी युद्धविराम गरिएको बताइएकाे हो।
यता लेबनानका प्रधानमन्त्री नवाफ सलामले यसलाई स्वागत गर्दै वाशिङ्टन वार्तामा उठाइएको प्रमुख विषय भएको बताएका छन्। लेबनानी सेनाले नागरिकलाई दक्षिणी क्षेत्रमा नफर्कन आग्रह गरेको छ। इजरायली सेनाले कब्जा क्षेत्र नजिक नजान चेतावनी दिएको छ।
द्वन्द्व सुरु भएदेखि लेबनानमा २,१९६ भन्दा बढी मृत्यु र ७,१८५ भन्दा बढी घाइते भएको जनाइएको छ। यसले युद्धविरामलाई मानवीय दृष्टिले अझै अपरिहार्य बनाएको छ। यो युद्धविरामलाई स्थायी शान्ति सम्झौतामा रूपान्तरण गर्न सकिन्छ वा अस्थायी राहतमै सीमित रहन्छ भन्ने कुरा आगामी वार्ता प्रक्रियामा निर्भर रहनेछ।