Headlineपूँजी बजारबिशेष

नेप्से परिसूचकमा ठूलो गिरावट आएपछि अर्थ जहाज डुबे भन्दै लगानीकर्ता चिन्तामा

काठमाडाैं – साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ। सूचकांक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा पुगेकोमा लगानीकर्ताहरू चिन्तित भएका छन् ।

कुल अंकमा ३४५ कम्पनीको ३ करोड १२ लाखभन्दा बढी कित्ता सेयर किनबेच, १२ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकाे जनाइएकाे छ । आइतबार निकालिएकाे सूचकांक स्थितिमा सबै समूह राताम्मे बनेका छन् भने बजारमा व्यापक गिरावट भएकाे छ ।

सकारात्मक सर्किट लेभलमा बढ्ने ६ कम्पनीहरू: रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, होटेल फरेस्ट इन, सुपरखुदी हाइड्रो र सूर्यकुण्ड हाइड्रो रहेका छन्

१०% जति घट्ने ७ कम्पनीहरू : नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, भूगोल इनर्जी, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, सप्तकोसी डेभलपमेन्ट बैंक, प्योर इनर्जी र सान्भी इनर्जी परेका छन् ।

बजारमा नकारात्मक मनोविज्ञान हावी भएको देखिन्छ, सबै समूह राताम्मे हुनु यसको संकेत हो। केही कम्पनीहरूमा सकारात्मक सर्किट लेभल देखिनु भने बजारमा आंशिक आशावाद अझै बाँकी रहेको प्रमाण हो। ठूलो कारोबार रकम (१२ अर्बभन्दा बढी) देखाउँछ कि बजारमा सक्रियता उच्च छ, तर विश्वास कमजोर भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button