Headlineसमाचारसाहित्य

इतिहासविद् धनवज्र वज्राचार्यको ९५औँ जन्मजयन्ती समारोह सम्पन्नः

पूर्व माननीय न्यायधीस शेषराज शिवाकोटीद्वारा प्रकाशित पुस्तकको संख्या ४०० भन्दा बढीेः समारोहमा २६ पुस्तक लोकार्पण गरिए

काठमाडौंं – नेपालका विशिष्ट विद्वान, मूर्धन्य इतिहासविद्, विख्यात संस्कृतज्ञ धनवज्र वज्राचार्यको ९५ औँ जन्मजयन्ती २६ वटा पुस्तक लोकार्पणसहित विशिष्ट व्यक्तिहरूको सम्मान गरी सम्पन्न भएको छ ।

वरिष्ठ संस्कृतिविद् तथा भाषिक अभियन्ता प्राध्यापक डा. चुन्दा वज्राचार्यको सभा अध्यक्षतामा भएको सो समारोहमा त्रि.वि. केन्द्रीय संस्कृति विभागकी पूर्व विभागाध्यक्ष प्रा.डा. वीणा पौड्यालज्यूले प्रमुख आतिथ्य ग्रहण गर्नुभएको थियो ।

धनवज्र वज्राचार्य शोध सम्मान कोषका संस्थापक अध्यक्ष पूर्व माननीय न्यायाधीस शेषराज शिवाकोटीद्वारा स्वागत मन्तव्य व्यक्त गरे पश्चात् प्रमुख अतिथि वीणा पौड्यालद्वारा इतिहासविद् धनवज्र वज्राचार्यको तस्बिरमा माल्यार्पण गर्नु भयो । त्यसैगरी नेपालका शीर्ष साहित्यकारहरू जो स्वर्गवास भएर पनि अमर बनिरहेका इतिहास शिरोमणि बाबुराम आचार्य, धनवज्र वज्राचार्यका पूज्य गुरु प्रा. नयनराज पन्त, इतिहास विद्वान प्रकाश वस्ती, वरिष्ठ साहित्यिक पत्रकार अच्युतरमण अधिकारीको तस्बिरमा प्रमुख अतिथिसहित मञ्चमा आसीन विशिष्ट अतिथिहरूबाट माल्यार्पण गरिए ।

कार्यक्रमको विषयगत सन्दर्भमा इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति अंक ‘ज्ञानगुनका कुरा’,भाग–२६८ धनवज्र वज्राचार्यको स्मृति अंक–११, विज्ञानका कुरा भाग–१६ वरिष्ठ वनस्पतिशास्त्री वैज्ञानिक डा. तीथृबहादुर श्रेष्ठ अंक–५, ‘ज्ञानगुनका कुरा’ भाग–१६२ प्रा.डा. ज्ञानबहादुर कार्की अङ्क–१, ‘ज्ञानगुनका कुरा’ भाग–२०५ काजी कालुपाँडे स्मृति अङ्क–१, भाग–२५७ सूर्यविक्रम ज्ञवाली स्मृति अङ्क–१, भाग–२५६ इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति अङ्क–१, भाग–२६३ सूर्यप्रसाद लाकोजु अङ्क–१, भाग–२६५ डा. सन्ध्या खनाल पराजुली अङ्क–१, भाग–२६४ प्रा.डा.सुरेन्द्र केसी अङ्क–१ सहित २६ वटा पुस्तकसमेतकाे प्रमुख अतिथि लगायत सबै अतिथिबाट लोकार्पण गरिए ।

समारोहमा राजनीतिक विश्लेषक, साहित्यिक स्रष्टा, विद्वान, कवि, समालोचक तथा लेखकहरूलाई सम्मानपत्र प्रदान गरिनुका साथै डा. सुरेन्द्र केसी, डा. सन्ध्या खनाल पराजुली, प्रा.डा. ज्ञानबहादुर कार्की, सूर्यप्रसाद लाकोजु, विख्यात संस्कृतज्ञ धनवज्र वज्राचार्यका कान्छो सुपुत्र सिद्धार्थ वज्राचार्य लगायत अन्तमा प्रमुख अतिथि वीणा पौड्यालबाट शुभकामना मन्तव्य व्यक्त गरिए ।

शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा सिद्धार्थ वज्राचार्यले आफ्ना पिताको देहान्तको बेलामा भएको परिस्थितिजन्य कुरा उठाउँदै अफवाह नफैलाउन आग्रह गर्दै आयोजक पक्ष र धनवज्र वज्राचार्य शोध सम्मान कोषका संस्थापक अध्यक्ष पूर्व माननीय न्यायधीस शेषराज शिवाकोटीलाई धन्यवाद व्यक्तसहित कार्यक्रमका लागि नगद रु. ५० हजार नगद ससम्मान सहयोग प्रदान गरिएको छ ।

अधिवक्ता अमृत खरेलद्वारा सञ्चाालित समारोहलाई सभा अध्यक्ष प्राध्यापक डा. चुन्दा वज्राचार्यद्वारा कार्यक्रमको अन्तमा विख्यात संस्कृतज्ञ धनवज्र वज्राचार्यबाट नेपालको इतिहासमा भएको योगदानको चर्चा गर्नुहुँदै सभा बिसर्जनको घोषणा गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button