
जनताको अन्तर्भावना: नीति निर्माणमा जनताको आवाजलाई प्राथमिकता दिनु
योग्यता र पारदर्शिता: नियुक्ति तथा बढुवामा स्पष्ट मापदण्ड र सार्वजनिक जवाफदेहिता
संस्थागत सुधार: पुराना अल्झिएका प्रक्रियालाई सरल र प्रभावकारी बनाउने
नयाँ महसुस: जनताले प्रत्यक्ष अनुभव गर्ने सुधार-सेवामा सहजता, भ्रष्टाचारमा कमी, अवसरमा समानता।

शुभ सन्ध्या ! ३५ वर्ष अन्धाधुन्ध तरिकाले भद्रगाेल परिस्थितिमा गुज्रेकाे देशकाे याे स्वर्णिम घडीमा हामी सबैजना बधाइकाे पात्र बनेका छाैँ। देशले नयाँ सरकार पाएकाे छ। अब ती नयाँले पुराना अल्झिएका, विथाेलिएका र अन्याेलमा तरंगिएका बेथितिका कारण अलपत्र भएकाे कार्यप्रणाली गतिविधिले सही मार्ग पावस् भन्ने जनअपेक्षा छ। जनताकाे अन्तर्भावना बुझेर स्वजन–स्वप्रिय नातागाेता, इष्टमित्रकाे नियुक्ति–सरुवा–बढुवा जस्ताे पुराना चलनकाे खारेजी गरेर देशले नयाँ महसुसकाे सास फेर्न पाउन् भन्ने कामना छ।
देशमा नयाँनियुक्ति पाएका ३६ वर्षीय मधेसीमुलका छाेरा प्रधानमन्त्री बालेन्द्र शाहले विगतमा कुनै दलकाे चाकडी नगरी कसैकाे फकाइमा नलागी खुल्ला दिमाग र स्वविवेक प्रयोग गरेर इमान्दारीपूर्वक साहसिक कदम चाल्न सफल भए। कम उमेरमै देशका ठूला नेताहरूसँग पाैँठेजोरी खेल्दै जेन जी आन्दाेलन पश्चात् गठित पहिलाे महिला प्रधानमन्त्री सुशीला कार्की सरकारले ताेकेकाे प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे तर्फबाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकाे पुरानाे विरासत झापा- ५ मा उम्मेदवार बनेर अत्यधिक बहुमत हासिल गरेर प्रधानमन्त्री पदमा बहाल हुनु इतिहासमै विशाल मनोबलकाे परिपसूचक हो।
त्यसैगरी रास्वपाका सभापति दानी र त्यागी मार्गका सुपात्र हुन्। जसले विगतमा तत्कालीन सरकारकाे कानुनी र भौतिक सजायकाे सामना गर्नमा कत्ति पनि विचलित नभई आफ्नाे पार्टीलाई छोटाे समयमा देशविदेशसम्म जनप्रिय बनाउनु चानचुने कुरा होइन। उनले महानगरपालिकामा मेयर रहेका बालेन्द्र शाहलाई सुझबुझपूर्ण ढंगले वरिष्ठ नेता घोषणा गरी रणनीतिक कूटनीति अपनाउनु पनि उल्लेखनीय छ। उनकाे याे धूर्त र कूटनीतिक चालले र बालेन्द्र शाहकाे युवा लाेकप्रियताले रास्वपाले पार्टीलाई उच्च बिन्दुमा पुर्याएकाे तथ्य यथार्थपरक छ । जसले गर्दा ३ वर्षकाे रस्साकस्सीमा आज पहिलाे राष्ट्रिय दल बन्न सफल भएकाे छ ।

भर्खरै मन्त्री बनेका रास्वपाका पात्रहरू पनि देशलाई सुमार्गमा लैजान सबैजना अनुभवी र सक्षम देखिन्छन्। हरेक एकमा देश सुहाउँदाे र आवश्यकीय याेग्यता, नैतिकता र वैचारिकशक्ति सम्पन्न रहेका छन् । उनीहरूकाे याे सफलतालाई बधाई दिनैपर्छ। अबकाे मार्ग भने विगतका इतिहासकालीनदेखि वर्तमान जेन जी समूहकाे कदममा पुग्दा भएकाे शहीदकाे सपना पूरा गर्ने, देशमा रोजगारी स्थापना गर्ने, रोकिएका उद्योगधन्दा सुचारु गर्ने, शैक्षिक क्षेत्रमा भएका अनियमितता हटाउने, अनावश्यक विभाग–मन्त्रालय–संस्थाकाे निराकरण गर्ने हो।
“नयाँ सरकार, जनअपेक्षाको बाटोमा दृढ कदम” काे अवधारणासहित नवनियुक्त सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह तथा नवगठित मन्त्रीहरूलाई हार्दिक बधाइका साथ सफल कार्यकालकाे शुभकामना। जनताले अपेक्षा गरेका सुधार र परिवर्तनकाे बाटाेमा दृढतापूर्वक अघि बढ्न सकून् भन्ने हाम्राे शुभेच्छा छ ।