अपराध घटनाबिशेष
अवैध क्रिप्टो करेन्सी कारोबारमा संलग्न तीन जना काठमाडाैंबाट पक्राउ

काठमाडाैं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले अवैध क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेकाे आराेपमा सप्रमाण तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारत पश्चिम बंगालका ४१ वर्षीय प्रवेश अली, बाँके नेपालगंजका ३१ वर्षीय नरेश रेउले, र सर्लाही ईश्वरपुरकी ३० वर्षीया दिप्ती पोखरेल रहेका छन्।
नरेशलाई सामाखुशीबाट पक्राउ गरेपछि अनुसन्धानमा दिप्ती र प्रवेश पनि संलग्न रहेको खुल्न आएको थियो। दिप्तीलाई १५ लाख ३० हजार रुपैयाँ नगदसहित सामाखुशीबाट र प्रवेशलाई एकान्तकुनाबाट पक्राउ गरिएको हो।
प्रारम्भिक अनुसन्धानमा प्रवेशले बिनान्स आइडी प्रयोग गरी हालसम्म करिब १ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार गरेको तथ्य खुलेको छ। उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?