Headlineप्रविधि विशेषसमाचार

भायानेट कम्युनिकेसन लिमिटेडले बजारमा ल्यायाे नयाँ इन्टरनेट प्याकेज वाइफाइ -६

काठमाडाैं – नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले अत्याधुनिक वाइफाइ ६ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नलजस्ता समस्या समाधान गर्ने उद्देश्य राखेकाे छ ।

नयाँ प्रविधिले पुरानो प्रणालीभन्दा ४ गुणा बढी कार्यक्षमता प्रदान गर्ने भएकाले एकै समयमा धेरै उपकरण प्रयोग गर्दा पनि लेटेन्सी न्यूनतम रहने भायानेटको दाबी छ। यसले घरभित्र मुभी स्ट्रिमिङ, अनलाइन गेमिङ वा अफिसको काम सहज बनाउनेछ।

भायानेटले २५० एमबीपीएसदेखि ६०० एमबीपीएससम्मका प्याकेज उपलब्ध गराएको छ। वार्षिक २५० एमबीपीएस योजना १३,८०० रुपैयाँमा पाइनेछ, जसमा थप १ महिनाको सेवा नि:शुल्क दिइनेछ। साथै, घरभरि समान सिग्नल पुर्‍याउन ३,५०० रुपैयाँमा वाइफाइ ६ मेस राउटरको विकल्प पनि उपलब्ध छ।

विद्यमान प्रयोगकर्ताले मात्र ५०० रुपैयाँमा पुरानो राउटरलाई नयाँ वाइफाइ ६ ओएनयू मा अपग्रेड गर्न सक्ने सुविधा पाउनेछन्। कम्पनीको विश्वास अनुसार यो प्रविधिले ४के भिडियो स्ट्रिमिङदेखि बिना रोकावटको अनलाइन गेमसम्म आधुनिक घरका माग सहजै पूरा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button