Headlineसंस्कृति पर्व

नेवार समुदायकाे विशेष पर्व पाहाँचह्रे विधिवत् सम्पन्न हुँदै

काठमाडाैं – यस वर्षकाे घाेडेजात्रासँगै काठमाडौँ उपत्यकामा नेवार समुदायले मनाउने गरेकाे दशैँपछिको ठूलो पर्व पाहाँचह्रे जात्रा आजबाट समाप्त भएकाे छ। नेवारी भाषामा ‘पाहाँ‘ को अर्थ पाहुना र ‘चह्रे‘काे अर्थ चतुर्दशी तिथि हाे ।

विवाहित चेलीका घर परिवार, मावल खलक, नातागाेता र साथीहरू पाहुनाकाे रूपमा बाेलाएर विभिन्न परिकारकाे व्यञ्जनसहितकाे भाेज खुवाउने भएकाेले यस पर्वलाई ‘पाहुना बाेलाइने चाड‘काे रूपमा पनि व्याख्या गरिन्छ ।

चन्द्रमासअनुसार चौधौँ दिन मनाइने यस पर्वमा लसुनलाई प्रमुख खाद्य परिकारकाे रूपमा प्रयाेग गरिएकाे पाइन्छ । यस पर्वमा नेवार समुदायका विभिन्न समूहका भक्तजनले भद्रकाली, रक्तकाली, श्वेतकाली, कङ्केश्वरीलगायत शक्तिपीठमा पूजा गर्छन्।घरघरमा समय्बजी (चिउरा, बोडी, अन्डा, बारा, साग, अचार, आलु, माछा, भटमास आदि) खाने परम्परा छ।

पहिलो दिन ‘लुकु महाद्यः’ पूजा गरी महादेवलाई जमिनमुनि लुकाएर लसुन, मुला र फूल अर्पण गरिन्छ। दोस्रो दिन घोडेजात्रासँगै दुई वर्षसम्मका बालबालिकालाई मरःजा (८४ व्यञ्जन) खुवाउने चलन छ। अन्तिम दिन अर्थात् औंसीकाे दिन असनमा भद्रकाली र कङ्केश्वरी देवीको खट जुधाउने जात्रा हुन्छ। जसलाई नेपाल भाषाामा ‘द्यः ल्वाकेगु’ भन्ने गरिन्छ ।

घाेडे जात्रालाई काठमाडाैंमा जस्तै गरी नमानाए पनि पूर्वी पहाडी जिल्ला दाेलखामा पर्वकाे रूपमा भाेजन बनाएर खाने गरिन्छ । निकै वर्ष पहिले दाेलखाकाे तल्लाे टाेलकाे टसिचादेखि राइती धारासम्म घाेडा कुदाउने गरिन्थ्याे । त्याे हराइसकेकाे छ । रामेछाप जिल्लाकाे ठाेसेबजारमा भने गणेश देवताकाे मूर्तिलाई भालेकाे बलि चढाएर पूजागरी खटमा राखेर घुमाउने प्रचलन यथावत् रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button