नेवार समुदायकाे ‘पाहाँ चऱ्हे‘ र उपत्यकाकाे विशेष पर्व घाेडेजात्रा विविध कार्यक्रमसहित सम्पन्न
काठमाडाैंका नेवार समुदायले मनाउने गरेकाे ‘पाहाँचह्रे‘ (पाहुना बाेलाइने पर्व) तथा घोडेजात्रा काठमाडौं उपत्यकाको एक प्रमुख सांस्कृतिक पर्व हो, जुन हरेक वर्ष चैत कृष्ण औँसीका दिन टुँडिखेलमा नेपाली सेनाद्वारा घोडा दौड तथा अश्वकला प्रदर्शनसहित मनाइन्छ। यसको ऐतिहासिक महत्त्व गुरुमापा नामक दैत्यमाथि विजयसँग जोडिएको छ, र आज यो राष्ट्रिय स्तरमा सांस्कृतिक पहिचानको प्रतीक बनेको छ।
विंसं. २०८२ चैत ४ गते – नें.सं. ११४६ चिल्लागाक चतुर्दशी बुधबार, काठमाडाैं –
राजधानी काठमाडाैंकाे टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री, कूटनीतिज्ञदेखि सर्वसाधारणसम्मको सहभागितासहित नेपाली सेनाकाे विविध कार्यक्रम गरी घाेडेजात्रा पर्व महाेत्सव विधिवत् सम्पन्न भएकाे छ ।
राष्ट्रपति रामचन्द्र पाैडेल, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री लगायतका विशिष्ट व्यक्तिहरूकाे आज काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित भव्य घोडेजात्रा समारोहमा सहभागी सहभागी रहेकाे थियाे ।
समारोहमा जीवित देवी कुमारी, राष्ट्रपति, उपराष्ट्रपति, उच्च पदस्थ अधिकारी तथा कूटनीतिज्ञहरुको उपस्थिति रहेको थियो। विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो।
नेपाली सेनाले यस दिन सेनासंग सम्बन्धित अतिरिक्त क्रियकलाप अन्तर्गत घोडा दौड, अश्वकला, कुकुरको तालिम प्रदर्शन गरी सेनाको कौशल र अनुशासन दर्शाउने गतिविधि प्रष्ट्याएकाे थियाे ।

उपत्यकाका नेवार समुदायले मनाउने गरेकाे ‘पाहाँचह्रे नखः‘ (पाहुना बाेलाइने पर्व)लाई पछिल्लाे समयमा आएर ‘घाेडेजात्रा पर्व‘काे नाममा लाेकप्रिय बन्दै गएतापनि प्रविधिकाे विकास र वैज्ञानिक चमत्कारका विभिन्न साधन उपयाेग गरिने याे समयमा माेबाइल, टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने भएकाेले भाैतिक उपस्थितिमा कमि रहेकाे देखिन्छ ।
नेवार समुदायमा सीमित रहेकाे याे पर्व तान्त्रिक साधनाकाे एक चमत्कारिक साध्यमा आधािरत याे पर्वकाे बारेमा फर्केर हेर्दा परापूर्वकालमा काठमाडौंमा आतंक मच्चाउने गुरुमापा नामक दैत्यलाई पराजित गर्न घोडा दौडाइयो भन्ने विश्वास छ। त्यसैको स्मरणमा यो पर्व मनाइन्छ। यस दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ। लुकुवा महादेव (पिशाचेश्वर महादेव)को पूजा गर्ने परम्परा छ, जहाँ तामसी भोग (लसुन, छ्यापी आदि) चढाइन्छ।

