Headlineअपराध घटनासमाचार

इनिशा विक हत्या प्रकरणः कारबाहीकाे मागबारे चाैतर्फी आवाज

सञ्चार माध्यम र सामाजिक सञ्जालले घटनालाई राजनीतिक कोणमा मात्र प्रस्तुत गर्दा वास्तविक प्रशासनिक प्रक्रिया ओझेलमा पर्न सक्छ।
विगतका घटनामा ठूला दलका नेता, मन्त्री वा अधिवक्ताहरू संलग्न थिए भन्ने तथ्यलाई बेवास्ता गर्नु तर्कसंगत होइन।
अस्थायी सरकार वा नयाँ निर्वाचित दललाई मात्र लक्षित गरी दबाब दिनु न्यायसंगत हुँदैन।
न्याय र जिम्मेवारीको प्रश्न संस्थागत रूपमा उठिनुपर्छ, दल वा व्यक्तिको आधारमा होइन।
दीर्घकालीन समाधानका लागि राजनीतिक दबाबभन्दा कानुनी प्रक्रिया र संस्थागत पारदर्शिता नै महत्वपूर्ण हुन्छ।

काठमाडाैं (नयाँ-परिवेश) फागुन २९-

सुर्खेतको वीरेन्द्रनगर–१ निवासी १६ वर्षीया इनिशा विकमाथि भएको बलात्कारपछि हत्या भएकाे घटनाकाे निष्कर्ष निकाल्न सामाजिक सञ्जाल, सञ्चारमा विभिन्न संगठनहरू तात्तिन थालेका छन् ।

घटनाले सिङ्गाे देश र समाजलाई गहिरो चोट पुर्‍याएको भन्दै नेपाल तरुण दल केन्द्रीय समिति लगायत विभिन्न संगठनले स्वविचार सहितकाृ विज्ञप्ति जारी गर्दै यस घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। समितिले अपराधीलाई तत्काल पक्राउ गरी निष्पक्ष अनुसन्धानमार्फत कानुनअनुसार कठोर कारबाही गर्न माग गरेको छ।

संगठनहरूले पीडित परिवारलाई शीघ्र न्याय दिलाउन, उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा आवश्यक सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ। साथै, महिला तथा बालबालिकामाथि भइरहेका यस्ता जघन्य अपराध नियन्त्रण गर्न राज्य अझ जिम्मेवार र संवेदनशील ढङ्गले प्रस्तुत हुनुपर्ने आवश्यकता औंल्याइएको छ।

तरुण दलले छानबिनमा ढिलाइ भए वा दोषीलाई जोगाउने प्रयास भए देशभर न्यायको पक्षमा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ।

यस घटनाबारे सुर्खेतका प्रहरी प्रमुख सुधीरराज शाहीले सञ्चार माध्यमलाई जानकारी दिँदै कानुनी प्रक्रिया पूरा गर्न बाँकी भएकाले केही ढिलाइ भएको बताएका छन्। उनले सामाजिक सञ्जाल र सञ्चार माध्यमले प्रशासनमाथि राजनीतिक प्रसंग जोडेर अनर्गल प्रचार गर्नु न्यायसंगत नभएको पनि बताएका छन्।

यो घटना समाजलाई स्तब्ध बनाउने गम्भीर अपराध हो। पीडित परिवारलाई न्याय दिलाउन र दोषीलाई कानुनअनुसार कठोर कारबाही गर्न राज्यको तत्परता अत्यावश्यक देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button