Headlineराजनितिसमाचार

निर्वाचनमा पराजय मतले भएकाे हाे, दृढताले नभएकाे भन्ने केपी शर्मा ओलीकाे आशय

काठमाडाैं – गत फागुन २१ गतेकाे निर्वाचनमा झापा जिल्लाकाे क्षेत्र नं. ५ बाट बालेन्द्र साहसंग लगभग तेब्बर मतान्तरले पराजित भई स्तब्ध भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत् मुख खाेलेका छन् ।

निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि आफू र आफ्नाे पार्टी कमजोर नभएको जिकिर गर्दै चुनावमा भएकाे परिवर्तित अवस्थाप्रति धारणा सामाजिक सञ्जालमा अध्यक्ष केपी शर्मा ओलीले बताएका हुन् ।

निर्वाचन प्रत्यक्ष तथा समानुपातिक परिणामकाे अन्तिम नतिजा सार्वजनिक भए पछि सामाजिक सञ्जालमा ओलीले स्टाटस शेयर गर्दै भनेका छन्- ‘लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु’ ।

साथै एमाले अध्यक्ष ओलीले पराजयकाे कारणबारे कुनै टीकाटिप्पणी नगरीकन मतदानमा सहभागी भएका सवै मतदातालाई धन्यवाद पनि दिएका छन् । यसअघि निर्वाचनमा अन्य दलकाे खासै पहुँच नभएकाेले एमालेले बहुमत ल्याउने र एकल सरकार बनाउने दाबी गरेका ओलीले अन्तत आफ्नो हारलाई स्विकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button