Headlineखेलकुदसमाचार

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा भारतले प्राप्त गर्याे सर्वाधिक पुरस्कार रकम

काठमाडाैं – भारतले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा उपाधि रक्षा गर्दै सर्वाधिक पुरस्कार रकम २६ लाख ३९ हजार ४२३ डलर हात पारेकाे छ ।

कुल ११.२५ मिलियन डलरको पुरस्कार रकम वितरणमा भारतले मात्र २६ लाख ३९ हजार ४२३ डलर प्राप्त गर्‍यो भने उपविजेता न्यूजिल्यान्डले १४ लाखभन्दा बढी डलर पायो।

यसै प्रतियाेगितामा नेपालको प्रदर्शन पनि उल्लेखनीय रह्यो। समूह चरणमै भए पनि स्कटल्यान्डलाई हराउँदै नेपालले २५६,१५४ डलर जित्यो, जुन आजको विनिमय दरअनुसार करिब ३ करोड ७६ लाख रुपैयाँ हुन्छ।

यसले नेपाली क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय स्तरमा आर्थिक प्रोत्साहन र आत्मविश्वास दुवै दिलाउनेछ। नेपाली खेलाडी दिपेन्द्र सिंले उत्कृष्ट खेले बापत नगद रकम प्राप्त गरेका छन् ।

शीर्ष पाँच टोलीहरूको पुरस्कार रकम (USD):

भारत – २६,३९,४२३
न्यूजिल्यान्ड – १४,२२,६९२
दक्षिण अफ्रिका – १०,०५,५५७
इंग्ल्याण्ड – ९,७४,४२३
वेस्ट इन्डिज – ५३८,२६९

नेपालले इंग्ल्याण्डविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरे पनि इटाली र वेस्ट इन्डिजसँग अपेक्षित नतिजा निकाल्न सकेन। तर, पुरस्कार रकमले खेलाडीहरूको मेहनत र योगदानलाई सम्मानित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button