Headlineअपराध घटनासमाचार

१०७ किलो ९१० ग्राम ला.औ.गाँजा सहित मकवानपुरमा २ जना पक्राउ ।

मकवानपुर – प्रतिबन्धित लागूऔषध गाँजा लुकाई छिपाई ल्याईएको अवस्थामा मकवानपुरमा २ जना पक्राउ परेका छन् ।

गत मिति २०८२।११।२५ गते अंदाजी २२:५० बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३३ को सन्त सिंह लामा र ऐ.वडा नं. २ बस्ने बर्ष ३० को सन्तबीर मोक्तानलाई पक्राउ गरेका हुन् ।

पक्राउ परेका ती व्यक्तिले जिल्ला मकवानपुर मनहरी गाँउपालिका वडा नं. ८ सिमपानी स्थित भित्रि सडकखण्डमा लुकाई छिपाई ल्याईएको अवस्थामा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३३ को सन्त सिंह लामा र ऐ.वडा नं. २ बस्ने बर्ष ३० को सन्तवीर मोक्तानलाई रीतपूर्वक नियन्त्रणमा लिइएकाे जनाइएकाे छ ।

प्रहरीले देवकोट तर्फबाट सिमपानी तर्फ आउदै गरेको बा.प्र.०३-००१ ह २०७६ नं को अटोलाई शंका लागी अटोमा खानतलासी गर्दा उक्त पदार्थ भेट्टिएकाेले दुबैमाथि कानुनी तवरले मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागू औषध सम्बन्धि कसुरमा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button