Headlineअन्तराष्ट्रियखेलकुदसमाचार

टी–२० विश्वकपको सुपर आठमा भारत दक्षिण अफ्रिकासँग पराजित

घरेलु मैदानले खेललाई प्रभाव जमाउन सक्दैनः

अहमदावाद भारत – जारी टी–२० विश्वकपको सुपर आठ अन्तर्गत गएराति सम्पन्न खेलमा भारत घरेलु मैदानमा खेले पनि दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएको छ। यसले फेरि एकपटक देखाएको छ कि क्रिकेटमा घरेलु मैदानको फाइदा सधैं निर्णायक हुँदैन।

टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १८७ रन बनायो। डेभिड मिलरले सर्वाधिक ६३ रन बनाए भने ट्रीस्टन स्टब्सले अविजित ४४ र डेवाल्ड ब्रेभिसले ४५ रन जोडे। भारतीय बलर जसप्रित बुमराहले ३ तथा अर्शदीप सिंहले २ विकेट लिए।

१८८ रनको लक्ष्य पछ्याएको भारत १८.५ ओभरमै अलआउट हुँदै केवल १११ रनमा सीमित रह्यो। भारतका लागि शिभम दुवेले सर्वाधिक ४२ रन बनाए भने हार्दिक पाण्डेय र कप्तान सुर्यकुमार यादवले १८–१८ रन जोडे। दक्षिण अफ्रिकाका बलर मार्को जानसेनले ४ विकेट, केशव महाराजले ३ विकेट र कोर्बिन बोचले २ विकेट लिए।

यस हारसँगै भारतले घरेलु मैदानमा खेल्दा पनि दक्षिण अफ्रिकाको बलियो प्रदर्शन रोक्न सकेन। अब आगामी खेलमा दक्षिण अफ्रिकाले वेस्ट इण्डिजसँग भिड्नेछ भने भारतले जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button