Headlineघटना दुर्घटनासमाचार

धादिङमा बस दुर्घटना १७ जनाको मृत्यु, २४ जना घाइते

काठमाडाैं फागुन ११ – पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २४ यात्री घाइते भएका छन्।

आज फागुन ११ गते बिहान करिब १:३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका-५, भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा दुर्घटना भएकाे हाे ।

सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए अनुसार हालसम्म दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको छ । साथै उनले घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पताल लगिएको जानकारी दिएका छन्।

घटनास्थलमा तीनवटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको भए पनि मृतक तथा घाइतेको सनाखत हुन बाँकी रहेकाे र दुर्घटनाको कारण खुल्न बाँकी रहेकाे बताइएकाे छ ।

दुर्घटनास्थलमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमान्डमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको उनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button