Headlineअपराध घटनासमाचार

अवैध लागूऔषध सहित तीन जिल्लाबाट चार जना पक्राउ

काठमाडौं, १० फागुन-
काठमाडौंः काठमाडाैं महानगरपालिका-२६ गोंगबुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित नुवाकोट तार्केश्वर गाउँपालिका-५ घर भएका २९ वर्षीय साजन तामाङ पक्राउ परेकाे छ ।

प्रहरी प्रभाग नयाँ बसपार्क गोंगबुबाट खटिएको प्रहरीले उनलाई शनिबार दिउँसो उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुनसरीः सुनसरी जिल्लाकाे बराहक्षेत्र नगरपालिका-५ ठुटेचोक बस्ने ३८ वर्षीया लिला राईलाई अवैध लागूऔषध गाँजा ६ किलोग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

कैलालीः जिल्लाकाे बर्दगोरिया गाउँपालिका-२ बर्दगोरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय रमेश बुढा र २४ वर्षीय बिकाश परियार रहेका छन् ।

इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button