Headlineप्रविधि विशेषसमाचार

एप्पलले मार्च ४ मा विशेष ‘Apple Experience’ कार्यक्रम आयोजना गर्ने

काठमाडाैं फागुन ८ – अमेरिकी प्रविधि कम्पनी एप्पलले मार्च ४ मा विशेष ‘Apple Experience’ कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ।

कम्पनीले यसपटक प्रत्यक्ष अनुभव केन्द्रित कार्यक्रममार्फत सञ्चारकर्मी र प्रविधि विज्ञलाई नयाँ उपकरण परीक्षण गर्ने अवसर दिने तयारी भएकाे बताइएकाे छ।

कार्यक्रममा मध्यम मूल्य वर्ग लक्षित iPhone 17E सार्वजनिक हुने चर्चा छ, जसमा ६.१ इन्च सुपर रेटिना XDR OLED पर्दा, A19 चिपसेट, ४८MP मुख्य क्यामेरा र 4005mAh ब्याट्री रहने अनुमान गरिएको छ।

साथै कम्पनीकाे अवधारणा अनुसार नवीनतम M5 चिपसहितको MacBook Air, करिब ७०० डलर मूल्यको किफायती MacBook, र रंगीन iPad तथा iPad Air पनि प्रस्तुत हुने सम्भावना रहेकाे छ। यी सबै उपकरणले ‘Apple Intelligence’ प्रणालीलाई पूर्ण रूपमा सपोर्ट गर्ने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button