निर्वाचनका लागि सेना लिएर गएका सैनिक बस दुर्घटना २४ जना घाइते

भोजपुर फागुन ६ –
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटना हुँदा २४ सेना घाइते भएकाे स्थानीय प्रहरीले जनाएको छ ।
श्रीनाथ गणको टोली सवार ना. ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका-४ दावाँस्थित सेती बगरमा दुर्घटनामा परेको हो । दुर्घटनामा निर्वाचन सुरक्षार्थ बेस क्याम्प स्थापनाका लागि टेम्केमैयुङ गएको २४ जना घाइते भएकाे र उपचारार्थ अस्पताल लगिएकाे छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेमध्ये ८ जनालाई उपचारका लागि काठमाडौं पठाइएको भोजपुर प्रहरीले जनाएको छ । बसमा सवार एक जमदार र सैनिक कर्मचारी गरी २ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजु लामाले जानकारी दिए ।
२६ जना सैनिक सवार भएकाे बस सडकबाट ५ सय मिटर तल खसेको प्रहरीद्वारा बताइएकाे छ ।