२०८२ फागुन १ काठमाडाैं
राजस्व संकलन – आर्थिक वर्ष २०८२/८३ को सात महिनामा ६ खर्ब ६९ अर्ब ३२ करोड राजस्व संकलन भएकाे छ । वर्षकाे लक्ष्यको ८२.२६ प्रतिशत मात्र पूरा भएकाे जानकारी । माघ महिनामा ८७ अर्ब ९२ करोड संकलन, अघिल्लो वर्षभन्दा वृद्धि भएकाे हाे । कुल वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब रहेकाे छ ।
इङ्लिश प्रिमियर लिग – आर्सनल ब्रेन्टफोर्डसँग १–१ बराबरीमा रोकियो। नोनी माडुएकेले आर्सनलका लागि गोल, कीन लेविस पोटरले ब्रेन्टफोर्डका लागि गोल गरेका थिए । बराबरीपछि आर्सनल ५७ अंकसहित शीर्ष स्थानमा, ब्रेन्टफोर्ड सातौं स्थानमा पुगेकाे छ ।
उत्तर कोरिया उत्तराधिकारी चर्चा – दक्षिण कोरियाको गुप्तचर सेवाले किम जोंग उनकी १३ वर्षीया छोरी किम जू ऐलाई उत्तराधिकारीका रूपमा चयन गरिएको दाबी गरेकाे छ । जू ऐ पछिल्ला महिनामा उच्चस्तरीय कार्यक्रममा सहभागी, पार्टी सम्मेलनमा औपचारिक घोषणा हुने अनुमान रहेकाे छ ।
बंगलादेश चुनाव प्रतिक्रिया – बीएनपी अध्यक्ष तारिक रहमानको विजयमा भारत र पाकिस्तानले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले लोकतान्त्रिक, प्रगतिशील बंगलादेशको समर्थन गर्ने घोषणा गरेका छन् । यता पाकिस्तानका राष्ट्रपति जरदारीले सफल चुनावको शुभकामना दिएका छन् । बीएनपीले १८१ सिट जित्दै दुई–तिहाई बहुमततर्फ अग्र पंक्तिमा रहेकाे छ ।
टी–२० मा आजकाे खेलमा कसकाे जित – टी–२० विश्वकपमा भारतले नामिबियालाई ९३ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेका छन्। इशान किशनले ६१ रन र हार्दिक पाण्डेयले ५२ रन जमाएका हुन्। भारत समूह ए मा शीर्ष स्थानमा उक्लेकाे छ भने आगामी खेल पाकिस्तानविरुद्ध हुनेछ। त्यस्तै जिम्बाबेद्वारा अष्ट्रेलिया स्तब्ध भएकाे छ भने अमेरिकाद्वारा नेदरल्याण्ड ९३ रनले पराजित भएकाे छ ।