Headlineमुख्यसमाचार

आजकाे ५ मुख्य समाचार-३

२०८२ फागुन १ काठमाडाैं

नयाँ चिनियाँ राजदूत नेपालमा – चाङ माओमिङ काठमाडौं आइपुगे। यसअघि छ्न सोङको कार्यकाल पूरा भएपछि चीनले नयाँ राजदूत पठाएको हो। राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेपछि उनले कार्यकाल सुरु गर्नेछन्।

महिला क्रिकेट एशिया कप – नेपाल पाकिस्तान ए सँग ३० रनले पराजित। बिन्दु रावलले ३९ रन, कविता कुँवरले १८ रन। नेपालले अब युएई र भारत ए विरुद्ध खेल्ने तालिका।

प्रचण्डको जनयुद्ध दिवस शुभकामना – रुकुम पूर्वबाट जनयुद्ध दिवसको शुभकामना व्यक्त गर्दै जनयुद्धका स्मृतिहरू ताजा भएको बताए। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरिब, महिला तथा आदिवासी जनजातिको योगदान निर्णायक रहेको उल्लेख।

सुनचाँदी मूल्य घट्यो – शुक्रबार छापावाल सुन तोलाको ३ लाख ३ हजार ५ सयमा कारोबार, विहिबारको तुलनामा ३ हजारले घट्यो। चाँदी तोलाको ५ हजारमा कारोबार, ३४० रुपैयाँले घट्यो।

प्रधानमन्त्री कार्की पाथिभरामा – ताप्लेजुङस्थित पाथिभराको दर्शन गर्दै शान्तिपूर्ण निर्वाचनका लागि कामना। कोशी प्रदेश भ्रमणमा रहेकी उनले विहिबार सोलुखुम्बु, भोजपुर र सुनसरीमा निर्वाचन तयारीबारे जानकारी लिएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button