
काठमाडाैं फागुन १ – गायक आशिर्वाद सुवेदी र चर्चित गायिका एलिना चौहानको सुमधुर स्वरमा नयाँ रोमान्टिक गीत ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक भएको छ। गीतलाई सुवेदीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
शब्द तथा संगीत बसन्त सापकोटाले दिएका छन् भने उदयराज पौडेलले संगीत संयोजन गरेका छन्। भिडियोमा आश्मा विश्वकर्मा र प्रभात पाल ठाकुरीको जोडी देखिएको छ, जसको निर्देशन हरि हुमागाईंले गरेका हुन्।

पप–लोक शैलीको यस गीतमा प्रेमीले प्रेमिकाको रूप र स्वभावले मन्त्रमुग्ध भएको कथा प्रस्तुत गरिएको छ। सार्वजनिक हुनासाथ टिकटक र युट्युबमा सकारात्मक प्रतिक्रिया पाइरहेको यो गीतले राम्रो चर्चा कमाउने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?