
ओमानविरुद्धकाे खेलमा श्रीलंकाले २२५ रन बनाएर कडा चुनाैति प्रस्तुत गरेकाे छ । यस खेलमा श्रीलंकाका तीन खेलाडीले अर्धशतकीय पारी खेल्दै ओमानमाथि पूरै दबाब दिएका थिए ।
श्रीलंकाले ओमानलाई दिएको २२६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा याे समाचार तैयार पार्दासम्म साताैंओभरमा पुग्दा ओमानले ३ विकेट गुमाएर ४२ रन मात्र बटुल्न सकेकाे छ ।
जारी टी–२० विश्वकप अन्तर्गत आज पहिलो खेल टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाउदै २२५ रन बनाएको हो । यो यस विश्वकपको अहिलेसम्मको सबै भन्दा धेरै टोटल हो ।
श्रीलंकाका लागि कुशल मेन्डिसले ६१, पवन राथानायकले ६० र कप्तान दसुन शानकाले ५० रन बनाएका थिए । त्यस्तै कामिन्दु मेन्डिसले ७ बलमा अविजित १९ रन बनाएका थिए ।
ओमानका बलर जितें रामानान्दीले २ विकेट लिए भने जय ओडेड्रा, सुफयान मेहमूदले एक एक विकेट लिएका थिए ।