Headlineघटना दुर्घटनासमाचार

रामेछाप बस दुर्घटना प्रकरणः जिल्ला प्रशासन कार्यालय रामेछाप घेराउ

काठमाडौं । केही दिन अगाडी भएकाे रामेछाप बस दुर्घटना प्रकरणले रामेछाप जिल्ला प्रशासन कार्यालय परिसरमा तनाव सिर्जना भएकाे छ ।

काठमाडाैंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खसेर भएकाे दुर्घटनामा मृत्यु भएका मृतकका परिवारले क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालय रामेछाप घेराउ गरी चर्काे विरोध जनाएका छन् ।

आज अबेरसम्म बसेको सर्वपक्षीय बैठकमा पनि क्षतिपूर्तिको विषयमा सहमति नजुटेपछि पीडितपक्षहरू आक्रोशित हुँदै घेरा हाल्न थालेपछि तनाव झन् बढेको स्थानीयले बताएका छन् ।  

जिल्लाकाे प्रमुख जिल्ला अधिकारीसँग प्रत्यक्ष भेटेर आफ्ना पीडा र माग राख्नु पर्ने भन्दै केही पीडित तथा आफन्तले प्रहरीको घेरा तोडेर जिल्ला प्रशासन कार्यालयभित्र प्रवेश गरेपछि प्रहरीले बल प्रयोग गरेर बाहिर निकालेकाे जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button