
काठमाडाैं – केही महिना अघि अधिक लाेकप्रिय प्रचारप्रसारमा रहेकाे नीर शाह अभिनीत नेपाली फिल्म ‘परान’ अब मलेसियामा प्रदर्शन हुने भएको छ।
मलेसियाका प्रमुख शहरका हलहरूमा रिलिज हुने नेपाली कथानक चलचित्र परान फेब्रुअरी १४, २०२६ (शनिबार) देखि मलेसियाका प्रमुख शहरका हलहरूमा रिलिज हुने निर्माण पक्षले बताएकाे छ।
प्रदर्शन अधिकार एनआरएनए एशिया–प्यासिफिक संयोजक हरि भट्टराईले खरिद गरेका छन् भने मलेसियामा करिब ५ लाख नेपाली कार्यरत भएकाले उनीहरूको सुविधा अनुसार शो तालिका तय गरिएको छ।
निर्देशक दीपक आचार्य (काकु)को फिल्म नेपालमा बलियो word-of-mouth का कारण अत्यधिक सफल भएको छ। यसले वर्ष २०८२ को हालसम्मकै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको उपाधि पाएको छ।
शेखर गोल्छा, रञ्जित आचार्य निर्माता रहेकाे चलचित्रमा मुख्य कलाकारमा नीर शाह, मदनकृष्ण श्रेष्ठ रहेका छन् भने महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रवीण खतिवडा लगायतले अभिनय गरेका छन् ।
छोटकरीमा भन्नुपर्दा, नेपालमा कीर्तिमान बनाएको ‘परान’ अब मलेसियामा नेपाली दर्शकलाई लक्षित गर्दै रिलिज हुँदैछ।