Headlineघटना दुर्घटनासमाचार

राप्ती राजमार्गअन्तर्गत कपुरकोटमा जीप दुर्घटना चालककाे मृत्यु

काठमाडाैं – आज बिहान राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

कपुरकोटस्थित प्रहरी चौकीका अनुसार ग१ज ५६६१ नम्बरको जिप आज बिहान रुकुमपूर्वबाट तुलसीपुरतर्फ आइरहेको बताइएकाे छ ।

स्थानीय प्रहरी चौकीका अनुसार रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ का ३४ वर्षीय जिपचालक विजय विकको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा अन्य तीन जना घाइतेलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पठाइएको छ । घाइतेमध्ये एक बालक र दुई महिला परेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button