Headlineअर्थसमाचार

होटल फरेस्ट इनको आईपीओमा साेचेभन्दा ८ गुणा बढी आवेदन

होटल फरेस्ट इन लिमिटेडको आईपीओमामाग भन्दा झन्डै ८ गुणा बढी आवेदन परेको बताइएकाे छ।

कम्पनीले ३३ लाख २० हजार कित्ता शेयर निष्कासन गरेकोमा अन्तिम दिनसम्म २५ लाख ४५ हजार ७३० जनाबाट २ करोड ८६ लाख ९३ हजार २६० कित्ता शेयरको लागि आवेदन परेको हो।

यसमार्फत २ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी जम्मा भएको छ। एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको यस आईपीओमा धितोपत्र बोर्डको नीति अनुसार ३ लाख ३२ हजार लगानीकर्ताले शेयर पाउनेछन् भने २२ लाखभन्दा बढीको हात खाली रहनेछ।

कम्पनीको जारी पूँजी २ अर्बमध्ये २० प्रतिशत अर्थात् ४० लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो। यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता शेयर विदेशमा काम गर्ने नेपालीलाई पहिले नै बाँडफाँड गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button