
काठमाडाैं माघ २५ – नेपालको पहिलो जलविद्युत गृह, फर्पिङको पानीपोखरीमा हिजो संयुक्त बृहत् ऐतिहासिक कविता वाचन कार्यक्रम सम्पन्न गरिएकाे छ ।
सुसेली साहित्यिक प्रतिष्ठान, शब्दाङकुर, वर्तमान कविता समूह र शब्दपथको संयुक्त आयोजनामा काठमाडौं, भक्तपुर, दाेलखा ललितपुर लगायतका करिब साँढे तीन दर्जनभन्दा स्थापित कविहरूको उपस्थितिमा साे विशेष कार्यक्रम भएकाे हाे ।
कार्यक्रम सञ्चालक सुसेली साहित्यिक प्रतिष्ठानका सल्लाहकार डा. शेखरकुमार श्रेष्ठले कार्यक्रमकाे अनुपम विशेषता जताउँदै सभापति वा प्रमुख अतिथि नराखी सबै कविहरूलाई प्रमुख भनी सम्बोधन गरेका थिए ।

प्रकृतिको रमणीय वातावरणमा पवनकाे मन्द शीतलता सँगसँगसँगै कविता सुन्ने–सुनाउने साे समाराेहमा चलचित्र निर्देशक, वरिष्ठतम् साहित्यकार, पत्रकार समालाेचक, लेखकका साथै स्थानीयहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।
शीर्ष साहित्यकार एवं कवि किशाेर पहाडी, अनुभवी समालाेचक प्रमाेद प्रधान, चलचित्र निर्देशक राजेन्द्र शलभ बाैद्धक व्यक्तित्वका धनी सुभाषचन्द्र पौडेल भीमफेदीयाकाे साथमा कृष्ण कँडेल , विश्व सिग्देल , चन्द्रबहादुर लामा , कृष्णकुमार श्रेष्ठ , गोविन्दबहादुर खड्का , चन्द्रलाल तामाङ , विनोद खत्री , दीपक लोहनीले सुन्दर कविता वाचन गरेका थिए ।
त्यसैगरी वाचनकाे क्रममा धन्वन्तरी मिश्र , नवीन्द्रराज पाण्डे , नारायण तिवारी, बालकृष्ण श्रेष्ठ पासा, मुरारि सिग्देल , रजनी खत्री , रमेश बलामी , रामगोपाल आशुतोष , अच्युत घिमिरे , राजाराम राउत, विधान आचार्य , विश्वनाथ वाग्ले , विश्वविमोहन श्रेष्ठ , विष्णुविभु घिमिरे , शेखर अर्याल , सञ्जय सुमन , सविता केसी बोहरा , सरिता बलामी, सुशान्त केसी , स्नेही शिव, रामराजा केसी , धीरकुमार श्रेष्ठ , रमी प्रिया, डा शेखरकुमार श्रेष्ठ र भोगेन्द्र लिङ्देनले रचना वाचन गरेका थिए ।
आयोजक संस्था शब्दपथका प्रधान सम्पादक किशोर पहाडीले “आज मेरो सपना पूरा भयो” भन्दै ऐतिहासिक स्थलमा पदयात्रा सहित कविता वाचनको महत्व व्यक्त गर्दै नयाँ र पुराना कवि अनि फर्पिङकाे त्याे स्थल पुरानै स्थल भएपनि नपुगेकाहरूका लागि यात्राका नयाँ अनुभूति मिलाेस् भन्ने उद्देश्यले साे स्थलमा जमघट गराइएकाे रहस्य खुलाए ।
कार्यक्रमपश्चात् स्थानीयले कविहरूलाई नेवारी तर शुद्ध शाकाहारी समेबजी खाजाले स्वागत भाेक शान्त गराउँदै सहभागीजन सबैले ऐतिहासिक जलविद्युत गृह र स्मारकस्थलको अवलोकन गरेका थिए ।