Headlineघटना दुर्घटना
राैतहटमा उम्मेदवारले प्रयाेग गरेकाे गाडीकाे ठक्करबाट एक बालिकाकाे मृत्यु

राैतहट माघ २२ – राैतहट जिल्लाकाे सडकमा .रास्वपाका उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ।
बा. १५ च ४२४४ नम्बरको क्रेटा गाडीले ४ वर्षीया बालिकालाई ठक्कर दिएपछि गाडीमा सवार उम्मेदवार सगिर आलम र सवारी चालक घटनास्थलबाट फरार भएका थिए । रौतहट प्रहरीले गाडी नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले बताए अनुसार जिल्लाको ईशनाथ नगरपालिका-४, मठिया टोलकी करिब ४ वर्षीया नाबालिका खातुनको सवारी दुर्घटनामा ज्यान गएको पुष्टि भएको छ।
मृतक नाबालिका सोही स्थानका बासिन्दा शेख साजिरकी छोरी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको उपरिक्षक रिजालले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?