Headlineसमाचारसाहित्य

१२ स्रष्टा सम्मानसहित बकैया कला–साहित्य महोत्सव फागुन ५–६ मा हुँदै

झरना साहित्यिक परिवारको ३२३ औं शृङ्खला तथा ३३ औं वार्षिक उत्सवको अवसरमा महेन्द्र मावि, बकैया–४ मा आयोजना हुँदैछ

झरना साहित्यिक परिवार, मकवानपुरले आफ्नो ३२३ औं साहित्य शृङ्खला तथा ३३ औं वार्षिक उत्सवको अवसरमा आगामी फागुन ५–६ गते बकैया गाउँपालिका–४ स्थित महेन्द्र माविमा सातौँ बकैया कला–साहित्य महोत्सव–२०८२ आयोजना गर्ने भएको छ।

कार्यक्रममा सम्मान तथा पुरस्कार वितरण, चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, जातीय नृत्य, गजल–मुक्तक उत्सव, काव्य वाचन, नवसर्जक प्रस्तुति लगायत विविध गतिविधि हुने जनाइएको छ। महोत्सवलाई बकैया गाउँपालिकाले प्रायोजन गर्नेछ।

यस वर्ष विभिन्न श्रेणीमा १२ जना स्रष्टा तथा कलाकारलाई सम्मान गरिनेछ। प्रमुख सम्मानहरूमा:
होमनाथ–टीकामाया प्रतिभा सम्मान: रमेश शुभेच्छु (पाँचथर)
शिव–सावित्री स्मृति मुक्तक सम्मान: कर्णबहादुर खत्री (रुकुम पश्चिम)
बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान: डा. निमेष निखिल (मकवानपुर)
खडानन्द–मनमाया प्रतिभा सम्मान: ऋचा लुइटेल (नेपालगञ्ज)
सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान: संगीता थापा (मकवानपुर)
गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान: दीपक अधिकारी (मकवानपुर)
कुलकुमारी झलकनाथ लोक साहित्य सम्मान (नवस्थापित): नन्दकृष्ण जोशी (बझाङ) रहनुका साथै अन्य सम्मानितहरूमा डा. अर्पण पराजुली, मोनिका नेगी, सूर्य सन्यासी, सिर्जना खनाल पनि रहेका छन्।

कार्यक्रमको जानकारी हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो। अध्यक्ष गायत्री रुपाखेतीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक, संरक्षक, पुरस्कार संस्थापक तथा पत्रकार महासंघ मकवानपुरका अध्यक्षसहित २० भन्दा बढी सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button