
जेनजी आन्दोलनका भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित कार्की आयोग अन्तिम चरणमा पुगेको छ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार प्रतिवेदन लेखन धमाधम भइरहेको छ र समयमै काम सक्ने योजना छ।
आयोगले घटनाको विश्लेषण गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुझाव दिने र दोषीमाथि कारबाहीका लागि सिफारिस गर्ने तयारी गरेको छ।
आन्दोलनका क्रममा ७६ जनाको मृत्यु, दुई हजारभन्दा बढी घाइते र ८४ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको सरकारी अनुमान छ।
एक सयभन्दा बढी व्यक्तिसँग बयान लिइएको आयोगले अब प्रतिवेदन अन्तिम रूप दिन युद्धस्तरमा काम गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?