Breaking Newsबिशेषसमाचार

मुस्ताङ जिल्लाकाे अधिकांश क्षेत्र हिमपातले ढाकिए

माघ १४ मुस्ताङ । हरेक हिउँदमा भारी हिमपात हुने क्षेत्र मुस्ताङ जिल्लाकाे विभिन्न भेगमा मङ्गलबार रातिदेखि अधिकांश स्थानमा वर्षासहितकाे पूरै पहाड ढाकिने गरी हिमपात हुँदा यहाँका डाँडाकाँडा पूरै सेताम्मे देखिएकाे छ ।

अत्यधिक हिमपातका सडकमा बाक्लाे हिउँ जमेर यातायात सेवा र जनजीवन अस्तव्यस्त भएतापनि हिउँ परेसँगै स्याउ, उवा, फापर, जौ र आलुलगायत बाली सप्रने आशा पलाएको धारणा स्थानीयहरू बताउँछन् ।

जिल्लाकाे घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले स्थानीय समाचारदातालाई जानकारी दिए अनुसार हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटमा मङ्गलबार रातिदेखि नै बाक्लो  हिमपात भइरहेको छ । 

त्यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख शङ्कर खड्काले राससलाई जानकारी गराए अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेका कारण हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएकाे बताइएकाे छ ।

जिल्लाका बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकमा बाक्लो हिमपात भएको छ । 

हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट, बुढीनन्दाको कुरु गाउँको जनजीवन प्रभावित भएको छ । वर्षासँगै हिमापात भएपछि गहुँ बाली सप्रने कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीद्वारा जानकारी मिलेकाे छ ।

(याे खबरमा तस्बिरसहितकाे केही जानकारी राससबाट लिइएकाे छ सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button