
सिन्धुली–२ मा नेकपामा बागी उम्मेदवारको समस्या चर्किएको छ।
राजन दाहाललाई केन्द्रले टिकट दिएपछि महेश्वर दाहालले बागी उम्मेदवारी दर्ता गरेका छन्।
विवाद समाधानका लागि संयोजक प्रचण्ड काठमाडौं फर्किएका छन्।
स्थानीय नेताहरूले दुई उम्मेदवार हुँदा अन्य पार्टीलाई फाइदा हुने चेतावनी दिएका छन्।
सिन्धुली–२ मा नेकपाले केन्द्रीय स्तरकाे निर्णयमा राजन दाहाललाई टिकट दिएपछि महेश्वर दाहालले उनकाे उम्मेदवारीप्रति असन्तुष्ट जताउँदै बागी उम्मेदवारी दर्ता गरेका छन्।
पार्टीभित्रको आन्तरिक असन्तोषलाई उम्मेदवारहरू बीचमा समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने जरुरी देखेर नेकपाका संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रूकुमपूर्वकाे कार्यक्रम छाेडेर काठमाडाैं पुगेका छन् ।
बेला एक–अर्कामाथि दोषारोपण गर्दै पदीय लोभमा लाग्नु पार्टीको सामूहिक भविष्यका लागि गम्भीर चुनौती हो।
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्ट बहुमत ल्याएर शासन सञ्चालन गर्ने आकांक्षा राखेकाे बेला पार्टी भित्रै एक–अर्कामाथि दोषारोपण गर्दै पदीय लोभमा लाग्नु सामूहिक भविष्यका लागि गम्भीर चुनौतीकाे रूपमा लिंदै नेकपाकाे नेताहरू रणभुल्लमा परेकाे बताइएकाे छ ।

जिल्ला स्तरका नेताहरूको असमञ्जसपूर्ण गतिविधिले नेकपाकाे परिकल्पित योजनामा प्रत्यक्ष असर परेको देखिन्छ। ‘सबैलाई समेटेर एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने चाहनामा रहेका प्रचण्डका लागि बागी उम्मेदवारको समस्या केवल चुनावी रणनीति मात्र होइन, संगठनात्मक विश्वसनीयताको प्रश्न पनि हो।‘ भन्दै नेकपाका एक केन्द्रीय सदस्यले बताए ।
उनले अझ थप्दै भने- ‘यदि पार्टीभित्रै मत विभाजन भयो भने यसको प्रत्यक्ष लाभ अन्य दललाई पुग्नेछ। यसले नेकपाको चुनावी परिणाम मात्र होइन, दीर्घकालीन राजनीतिक स्थायित्वलाई पनि कमजोर बनाउन सक्छ। त्यसैले अहिलेको आवश्यकता व्यक्तिगत महत्वाकांक्षा भन्दा माथि उठेर संस्थागत निर्णयलाई स्वीकार गर्ने र पार्टीभित्र समन्वयात्मक भूमिका बलियो बनाउने हो।
बागी उम्मेदवार कसरी भयाे त ?
२०७९ सालमा हरिबोल गजुरेलको टिकट राजनले खोसेर चुनाव जितेका थिए। त्यसपछि गजुरेल असन्तुष्ट बनेर राजनविरुद्ध महेश्वरलाई अघि सारे। यसपटक पनि जिल्लाबाट राजनको नाम सिफारिस नभएर केन्द्रबाट टिकट दिइएको भन्दै असन्तुष्टि बढेको छ।
संयाेजक प्रचण्ड पूर्वी रुकुमको कार्यक्रम छोडेर काठमाडौं फर्केर बागी उम्मेदवारको समस्या समाधान गर्न सिन्धुलीका नेताहरूलाई काठमाडौं बोलाएकाे छ भनिएकाे छ । गजुरेलले अघिल्लो पटक टिकट खोसिएको बदला लिन महेश्वरलाई अघि सारेकाे हाे भन्दै एक पक्षले बताएकाे छ । राजनले जिल्लामा पकड प्रयोग गरेर टिकट पाएका थिए, तर यसले पुराना नेताहरूसँग सम्बन्ध बिगारेको छ।
स्थानीय मतादाताहरूमा देखिएकाे अन्याेलमा पुग्ने छाँट देखिएपछि राजन र महेश्वर दुवै उम्मेदवार भएमा नेकपाको मत विभाजन हुने र यसले अन्य पार्टीलाई फाइदा पुग्ने स्थानीय कार्यकर्ताहरूको बुझाइ छ।