
काठमाडाैं – नेपाली काँग्रेस विशेष महाधिवेशनदेखि अनेकाैं चर्चामा रहेकै बेलामा नव निर्वाचित सभापति गगन थापा सर्लाही–४ बाट निर्वाचन लड्ने गरी मनाेनयनमा उम्मेदवारी दर्ता गर्दैछन् ।
आज बिहान बसेको कांग्रेसको सैसदीय बोर्डको बैठकले सभापति थापालई सर्लाही ४ मा प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेकोे हो । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गरी पहिलो पटक मधेस झरेका हुन् ।
यसअघि तीनपटक काठमाडौं–४ बाट चुनाव जित्दै आएका थिए थापा पहिलो पटक मधेस झरेका हुन् । हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेका थापाकाे याे अकस्मातकाे निर्णयले काँग्रेसकाे राजनीतिमा नयाँ तरंग छाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?