
काठमाडाैं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपमेयर समक्ष राजीनामा पत्र पेश गरेका छन्।
सामाजिक सञ्जालमा उनको उम्मेदवारी र राजीनामाबारे तीव्र बहस भइरहेका बेला यो कदमले राजधानीको राजनीतिक वातावरणलाई नयाँ मोड दिएको छ।
यसैबीच, जेन–जेड आन्दोलनका अगुवा सुदन गुरुङले पनि आफू र बालेन शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित गर्ने घोषणा सामाजिक सञ्जालमार्फत् व्यक्त गरेका छन्। गुरुङले देशमा भइरहेको अनिश्चितता र अनर्गल प्रचारले युवाको जोशलाई कमजोर बनाउन खोजिएकोमा दुःख व्यक्त गरेका छन् ।
अब देशमा सशक्त परिवर्तनका लागि युवाहरूकै जरुरत रहेकाे देखेर नै रास्वपाकाे तर्फबाट गाेरखा क्षेत्र नं. १काे उम्मेदवारका रूपमा उभिने संकेत उनले पहिल्यै गरेका हुन्।
राजनीतिक विश्लेषकहरूका अनुसार, बालेन र गुरुङको रास्वपामा प्रवेशले वैकल्पिक राजनीति र युवा नेतृत्वलाई एउटै प्लेटफर्ममा ल्याउने सम्भावना बलियो हाेला या नहाेला देशमा भएकाे विगतका राजनीतिक प्रपाेगाण्डाले तहसनहस भएकाे अवस्थाले विश्लेषकहरू नै शंकाकाे घेरामा रहेकाे छ ।