Breaking NewsHeadline

प्रधानमन्त्री सुशीला कार्कीद्वारा बैठक आव्हान

काठमाडाैं – प्रधानमन्त्री सुशीला कार्कीले आज आइतबार ४ बजे बस्नेगरी बैठक बाेलाएकी छन् ।

फागुन २१ गतेकाे आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता लगायतका समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहितको बैठक बोलाएकी छन् ।

आइतबार ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैहुने बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सरोकारवालाबीच विचार–विमर्श गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

चुनावका लागि प्रत्यक्षतर्फ मंगलबार बेलुकीसम्म उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेपनि राजनीतिक दलहरूले उम्मेदवारी चयनका लागि समय थप्न गरेकाे आग्रहले प्रधानमन्त्री कार्की साेचमग्न अवस्थामा देखिन्छ ।

राजनीतिक दलहरूले उम्मेदवारहरूकाे नाम संकलनका लागि आन्तरिक व्यवस्थापन गर्न समस्या परेपछि केही दिन मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरिरहेकाले पनि याे बैठक बाेलाएकाे हुनसक्ने अनुमान रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button