Headlineप्रविधि विशेषसमाचार

अष्ट्रेलियाले लगायाे सामाजिक सञ्जाल प्लेटफर्मका ४७ लाख खाताहरूमा प्रतिबन्ध

न्यूज एजेन्सी – अष्ट्रेलियाले सामाजिक सञ्जाल प्लेटफर्मको प्रयोगमा प्रतिबन्ध लगाएपछि १६ वर्ष मुनिका बालबालिकाका रूपमा पहिचान गरिएका ४७ लाख खाताहरूमा प्रत्यक्ष प्रभाव परेकाे छ ।

अष्ट्रेलियन प्रधानमन्त्री एन्थोनी अल्बानीजले कम्पनीहरूले प्रतिबन्ध पालना गरिरहेका छन् भन्ने कुरा उत्साहजनक रहेको बताएका छन् । तर परिवर्तन रातारात हुँदैन भन्दै उनले प्रारम्भिक संकेतहरूले सरकारले चालेका कदमहरू महत्त्वपूर्ण रहेको बताएका छन् ।

अष्ट्रेलियन सरकारको ई–सुरक्षा आयुक्तद्वारा जारी गरिएको तथ्याङ्कले डिसेम्बर १० मा प्रतिबन्ध लागू भएपछि, १६ वर्ष मुनिका बालबालिकाका खाताहरू निष्क्रिय पारिएको बुझिएकाे छ ।

सञ्चारमन्त्री अनिका वेल्सले अष्ट्रेलियाली अभिभावकहरू अब निश्चिन्त हुन सक्ने बताउदै उनीहरूका बच्चाहरूले आफ्नो बाल्यकाल फिर्ता पाउन सक्ने बताउँदै उनले १० सामाजिक सञ्जाल प्लेटफर्महरूले सरकारलाई तथ्याङ्क दिएको बताएकी छन् ।यसैबीच अस्ट्रेलियामा मेटाले हालै डिसेम्बर ११ सम्म फेसबुक, इन्स्टाग्राम र थ्रेडहरूमा ५.४४ लाख भन्दा बढी खाताहरू निष्क्रिय पारेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button