Headlineबिशेषमनोरञ्जन

‘ड्रेस टु इम्प्रेसः सीजन–१२’ फेसन शो सम्पन्न

काठमाडाैंको प्रज्ञा भवनमा गत शनिबार आयोजित ‘ड्रेस टु इम्प्रेसः सीजन–१२’ फेसन शोमा ११५ जना डिजाइनरबीच प्रतिस्पर्धा भएको थियो।

आईआईएफटी : स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले आयोजना गरेको उक्त कार्यक्रममा चार वटा थीममा उत्कृष्ट डिजाइनर घोषणा गरियो।
डेनिम फिचर : रेजिना श्रेष्ठ
ग्ल्याम इन प्याच : प्रतीक गुरुङ
एक्जोटिक फौना : इमायुङ राई
इकोज अफ टाइम : युयान वाङ (सेलिना शाही)

सामाजिक सञ्जालमा भएको प्रतिस्पर्धाअनुसार पनि विजेता छानिएका थिए।
मोस्ट लाइक्ड लेजेन्ड अवार्ड : नीलम दास
स्ट्रोमस सेयरड च्याम्पियन अवार्ड : आयुषा श्रेष्ठ
पब्लिक च्वाइस अवार्ड : प्रमिला श्रेष्ठ

कार्यक्रममा मिस नेपाल इन्टरनेसनल २०१७ नीति शाह, मिस नेपाल वल्र्ड २०२५ लुना लुइँटेल, मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपाल, मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारी तथा मिस नेपाल अर्थ २०२५ सोनी घले शोस्टपरको रूपमा प्रस्तुत भए।

आईआईएफटीले पछिल्लो एक दशकदेखि विद्यार्थीलाई फेसन डिजाइनिङ र मोडलिङको अनुभव दिलाउन ‘ड्रेस टु इम्प्रेस’ प्रतियोगिता आयोजना गर्दै आएको छ। संस्थाका प्रवन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार, यसले विद्यार्थीलाई सिर्जनात्मक ज्ञानसँगै व्यावहारिक अनुभव दिलाउने अवसर प्रदान गरेको छ।

निर्णायकमा नेपालका चर्चित फेसन डिजाइनर महेश महर्जन, मुक्ता श्रेष्ठ, निशा श्रेष्ठ, मनीष राई, अन्चु पाण्डे तथा अंकित माइती रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button