Highlightsबिशेषसमाचार

चिनियाँ कम्युनिस्ट पार्टीको तीन सदस्यीय प्रतिनिधि मण्डल नेपाल आउँदै

काठमाडाैं – चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग अन्तर्गत नेपाल मामिला प्रमुख झेङ युयाकाे नेतृत्वमा उच्चस्तरीय टोली नेपाल आउन लागेको छ।

झेङ युयाकाे नेतृत्वमा आउन लागेको चिनियाँ टोलीको याे भ्रमण जेन जी आन्दाेलनपछिकाे पहिलाे पटककाे हुनेछ । तीन सदस्यीय प्रतिनिधि मण्डल आगामी हप्ता काठमाडौंमा तीन दिन रहने जानकारी नेपालस्थित चिनियाँ राजदूतावास स्राेतले जनाएकाे छ।

चीनको बुझाइ अनुसार, जेन–जी आन्दोलनपछि नेपालमा पश्चिमी शक्तिको प्रभाव बढेको छ, त्यसैले टोलीको भ्रमणलाई विशेष महत्व दिइएको छ। नेपालमा हालको राजनीतिक अवस्था तरल रहँदा र सरकार निर्वाचनमा सक्रिय रहँदा, यो भ्रमणलाई भू–राजनीतिक दृष्टिले संवेदनशील मानिएको छ।

झेङ युयाको नेपालका सबै प्रमुख दलका नेताहरूसँग राम्रो सम्बन्ध भएकाले भ्रमणलाई कूटनीतिक महत्वका साथ हेरिएको छ।जेन–जी आन्दोलनपछि चीनले नेपालमा आफ्नो प्रभाव सुदृढ गर्न उच्चस्तरीय टोली पठाउँदैछ, जसलाई नेपाल–चीन सम्बन्ध र भू–राजनीतिक सन्तुलनका दृष्टिले महत्वपूर्ण रहेकाे बताइएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button