Headlineप्रविधि विशेषसमाचार

अन्तरिक्ष प्रविधिमा नेपाली विद्यार्थीकाे ऐतिहासिक उपलब्धि

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको स्वदेशमै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ। यो उपग्रह नेपालकै अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धि मानिएको छ।

नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको मुनाल उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधि परीक्षण तथा कृत्रिम बौद्धिकतामा आधारित डाटा प्रशोधनका लागि प्रयोग गरिनेछ।

यस उपग्रहको सञ्चालन ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट गरिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव डा. रवीन्द्रप्रसाद ढकालले जानकारी दिएका छन्।

‘मुनाल उपग्रह‘ आज बिहान १०ः१७ बजे भारतीय समय, अर्थात् नेपाल समयअनुसार १०ः३२ बजे प्रक्षेपण हुने भएको छ। यो प्रक्षेपण भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट ‘आइएसआरओ’को ‘एसएलभी–सिक्स टू’ रकेटमार्फत ‘राइडसेयर पेलोड’का रूपमा गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button