Breaking News

उज्यालाे नेपालबाट प्रभावित मन्त्री घिसिङले दिए राजीनामा

काठमाडाैं – व्यवस्था र अवस्थाकाे फेरबदलसँगै जेन जी आन्दाेलन पश्चात् नागिरककाे सरकारमा सामेल भएका मन्त्री घिसिङले राजीनामा दिएका छन् ।

जेनजी सरकारकै मन्त्री भनेर चर्चामा रहेका कुलमान घिसिङले जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रालयको जिम्मेवारीबाट अलग हुँदै प्धानमन्त्री सुशीला कार्की समक्ष राजीनामा बुझाएका छन् ।

नागरिक सरकारमा बसेर दलमा आवद्ध भएको भन्दै प्रधानमन्त्री सुशिला कार्कीले समेत राजीनामा दिन भनिसकेको अवस्थामा पदमा बसिरहेको भन्दै उनको चर्को आलोचना भएपछि उनले राजीनामा दिएकाे हाे ।

प्रधानमन्त्री कार्कीले दलको गतिविधिमा संलग्न भएको भन्दै कुलमानसहित सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्तालाई राजीनामा दिन सल्लाह दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button