Headlineप्रदेश खबरबिशेष

एस. एस फाउन्डेसनबाट राज्यका विभिन्न विद्यालयका विद्यार्थीलाई झोला वितरण

एस. एस. फाउन्डेसन काठमाडाैंले राज्यका विभिन्न स्थानमा रहेका विद्यालयका विद्यार्थीहरूलाई कतै पठनपाठनका सामग्री कतै झाेला वितरण गरेर सामाजिक सेवाका उदाहरण प्रस्तुत गरिरहेकाे छ ।

यसै सिलसिलामा एस. एस. फाउन्डेसनका संरक्षक श्री शोभित उप्रेतीको सहयोगमा फाउण्डेसनकै अध्यक्ष वरिष्ठ कलाकार एवं समाजसेवी मदनदास श्रेष्ठकाे उपस्थितिमा उदयपुरकाे सरस्वती आधारभूत विद्यालय बेलका नगरपालिका-१ भालमतीमा अध्ययनरत ९४ जना बालबालिकाहरूलाई झोला वितरण गरेको फाउण्डेसन स्राेतले जनाएकाे छ ।

उक्त फाउण्डेसनले साेही जिल्लाकाे बेलका नगरपालिका २ को एक विद्यालयका बालबालिकाहरूलाई पनि यसअघि नै झोला वितरण गरिसकेको बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button