Headlineबिशेषसमाचारस्वास्थ

लायन्स इन्टरनेशनल डिस्ट्रिक –३२५ डिद्वारा शालिनदीमा एक महिने निःशुल्क आकस्मिक सेवा सञ्चालन


शंखरापुर, काठमाडौ १९ पौष । आजबाट प्रारम्भ भएको श्रीस्वस्थानी व्रतकथा तथा शालिनदी मेलाको अवसर पारेर लायन्स इन्टरनेशनल डिस्ट्रिक – ३२५ डिको आयोजनामा एक महिने अर्थात् २९ दिन सम्म निःशुन्क आकस्मिक सेवाको लागि स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

श्री स्वस्थानी व्रतकथा वाचन तथा श्रवण कार्यक्रम र शालिनदी मेलामा आउने श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरूको सेवाका लागि सञ्चालन गरिएको यो स्वास्थ्य शिविर पिपुल्स केयर हस्पिटल प्रा.लि. साँखु, शंखरापुर नगरपालिका साँखु, र श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको सहकार्य रहेको छ ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक सचिव लायन्स बच्चुराम शर्मा कुइँकेलका अनुसार आगामी माछ २६ गते सोही शिविरमा नै वृहत् रक्तदान तथा संकलन कार्यक्रम हुने बताएका छन् । सोही लायन्स इन्टरनेशनलकै एक सदस्य गणेश श्रेष्ठले मानवीय सेवाका लागि लायन्स इन्टरनेशनल डिस्ट्रिक –३२५ डिसंग सम्बन्धित विभिन्न स्थानीय कमिटिले सदस्यहरूकै स्वखर्चमा कार्यक्रमहरू हायोजना र्गदै आएको बताए ।

‘लायन्स क्लबका जतिपनि कार्यक्रम भइरहेका छन् ती सबै विदेशी अनुदान र विदेशकै सहयोगमा सञ्चालन भइरहेका छन् भन्छन् नि, कुरा के हो ?‘ भन्ने हाम्राे प्रश्नमा सचिव लायन्स कुइँकेल भन्छन्– “भन्नेले भन्न पाउँछ त्यसमा अन्यथा लिन जरुरी नहोला, जसले यो अफवाह फैलाउँछन्, उनीहरू नै यसमा न सदस्य हुन्छन् न त हाम्रो कुनैपनि कार्यक्रम या गतिविधिमा सम्मिलित वा सहभागी हुन्छन्, भन्छन् नि– हल्ला र अफवाह फैलाउन खर्च गर्नु पर्दैन।”

शालिनदीमा भइरहेको शिविरकाे आजको पहिलाे दिनकाे कार्यक्रममा यस डिस्ट्रिक –३२५डिका संयोजक धनप्रसाद लामिछाने र प्रमुख रूपमा डिस्ट्रिक गभर्नर लायन्स महेश आचार्य लगायतका लायन्स मेम्बरहरूको उलेख्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button