Headlineप्रदेश खबरराजनितिसमाचार

नेकपा दाेलखामा प्रत्यक्ष र समानुपातिक उम्मेदवारमा असन्तुष्टि

छनाेट प्रक्रियामा असहमति हुँदा धेरैकाे नाम समावेशः

दाेलखा पुस १२ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम टुंगो लगाएको भएपनि दलभित्रै असन्तुष्टि देखिएकाे छ।

नेकपा दाेलखाले सिफारिस संख्यामा प्रत्यक्षमा ११ र समानुपातिक १५जना गरी २६ जनामध्येबाट टुंगाे लगाउँदै प्रत्यक्ष खुलातर्फ – ३ जना, युवातर्फ – २ जना र समानुपातिकतर्फ – १० जना रहेका छन् ।

प्रत्यक्ष उम्मेदवारहरूमा पूर्व बागमती प्रदेशसभा सदस्य तथा वन तथा वातावरण मन्त्री विशाल खड्का, पूर्व मेलुङ गाउँपालिकाका अध्यक्ष हुनुका साथै नेकपा एकीकृत समाजवादीमा सक्रिय रहेका गाेपाल न्याैपाने र राप्रपा दाेलखाका पूर्व अध्यक्ष पछि माओवादी प्रवेश गरी हाल नेकपामा सक्रिय रहेका नरवहादुर पाख्रिन रहेका छन् ।

त्यसैगरी सहिदका छोरा जेविन शर्मा रिमाल (जेविन सर्वहारा) र नव युवा महिला क्लस्टरबाट रुरल एम रहेका छन् । यी दुवै विद्यार्थी तथा युवा राजनीतिमा सक्रिय रहेका छन् ।

सहमति नजुट्दा धेरै नाम परेकाेमा प्रत्यक्षतर्फ ११ जना, समानुपातिकतर्फ १५ जनाले उम्मेदवारीमा दाबी गरेपछि अन्ततः धेरै नाम सिफारिस गर्ने निर्णय गरिएकाे निकट स्राेतले जनाएका छन् ।

दोलखामा नेकपाले सहमति जुटाउन नसकेर बहुविकल्पीय उम्मेदवार सिफारिस गरेको छ, जसले अन्तिम छनोटमा प्रतिस्पर्धा अझ चर्को हुने संकेत गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button